संसद् विघटनविरुद्धको रिट हेर्ने संवैधानिक इजलासमा ११ न्यायाधीश नराख्न माग

519

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ बहालवाला ११ न्यायाधीशलाई नराख्न माग गर्दै निवेदन परेको छ ।

अधिवक्ता राजाराम घिमिरेले पेस गरेको निवेदनमा सर्वोच्च अदालतका ११ जना न्यायाधीशको कुनै न कुनैरुपमा संसद् विघटनसम्बन्धी मुद्दामा सरकोर रहने भएकाले मुद्दा सुनुवाइ गर्न नमिल्ने जिकीर गर्दै निवेदन दिएका हुन् ।

घिमिरेले न्यायाधीश दीपन कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेज बहादुर केसी, बम कुमार श्रेष्ठलाई नराख्न माग गरेका हुन् । यी ११ जना न्यायाधीश संवैधानिक इजलासका लागि न्याय परिषदले बताएको रोस्टरमा रहेका छन् ।

अधिवक्ता घिमिरेले संविधानको धारा ७६(५)अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका छन् । उनकोसहित संसद विघटनसम्बन्धी ३० वटा पनि संवैधानिक इजलासमा विचाराधीन छ ।

Share This:
सम्बन्धित खबर
Loading...