चाइनिज ताइपेइमाथि नेपालको सहज जित

257

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३को छनोट अन्तर्गत समूह‘बी’को खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित हात पारेको छ । नेपालको जितमा अञ्जान विष्ट र नवयुग श्रेष्ठले गोल गरे ।

नेपालले खेलको तेस्रो मिनेटमा पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अञ्जान विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए । सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्पान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

खेलको ८०औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले अग्रता दोब्बर बनाए र अञ्जान विष्टका् पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमै गोलमा परिणत गर्दै नेपाललाई २–० को जित दिलाए ।

जितसँग्र नेपालले ६ खेलबाट २ मा जित र ४ खेलमा हारसहित ६ अंक बटुल्दै तालिकाको चौथो स्थानमा रहेको छ । चाइनिज ताइपेइले भने अहिलेसम्म अंक जोड्न सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...