२४ घन्टामा थपिए ६,८२५ जना संक्रमित, कोरोनाबाट ७५ जनाको मृत्यु

काेराेना अपडेट

148

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ६ हजार ८ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ७५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १८ हजार ५ सय ६२ आरटी पिसिआर र ३ हजार २ सय ११ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ । यीमध्ये १ लाख १ हजार ८ सय ३९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ४ सय ४४ जना र भेन्टिलेटरमा ३ सय ९८ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बिहीबार देशभरबाट ५ हजार ९ सय ४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ५ हजार ९ सय ४ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ६७ हजार ४ सय ६७ जना पुगेको छ । निको हुने दर ८१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ७५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० सय पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...