काठमाडौं । नेकपा एमाले झलनाथ खनाल–माधव कुमार नेपाल समूहका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी एकताका लागि इमान्दार प्रयत्न गरेको बताएका छन् ।
खनाल–नेपाल समूहले आयोजना गरेको भर्चुअव भेलामा भुसाल र पाण्डेले पार्टी एकताका लागि इमान्दार प्रयत्न गरेको भन्दै ‘शंका’को दृष्टिले नहेर्न÷नलिन आग्रह गरेका हुन् । भेलामा भुसाल र पाण्डेले एकता प्रयासबारे विभिन्न टिप्पणी भइरहेको भन्दै त्यसको प्रष्टीकरण दिएको एक नेताले जानकारी दिए ।
“हामीले कम्युनिस्ट आन्दोलनको रक्षा हुन्छ । पार्टी एकता जोगिन्छ भनेर वार्ता गरेका हौँ । यो प्रयास केवल देखाउनका लागि नभएर हाम्रोतर्फबाट इमान्दार प्रयास पनि हो,” भुसाल र पाण्डेको आशय उद्धृत गर्दै एक नेताले भने,“हामीले माधव कामरेडसँग छलफल गरेर नै, सबैकुरन जानकारी गराएर नै गरेका हौँ । एकता बच्ट भने पहल किन नगर्ने त भन्ने हाम्रो प्रश्न हो ।”
ओली पक्षसँग अझै वार्ता, संवादको सम्भावना देखाउँदै कथम् नमिले के गर्ने भन्नेमा आफू प्रष्ट रहेको उनीहरुको जोड थियो ।