काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
पार्टी एकताका लागि माधव कुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग वार्ता चलिरहेका बेला बुधबारको बैठक बिहीबारसम्मलाई स्थगित गरिएको थियो ।
आजै नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपटि अबको परिस्थिति हेरेर बैठक बस्नेगरी अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको एमाले कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए ।