नेपालमा कोभिड–१९को नयाँ भेरियन्ट फेला परेको जानकारी छैन : डब्ल्युएचओ

228

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नेपालमा कोरोना भाइरस (कोभिड–१९)को कुनैपनि प्रजातिको नयाँ भेरियन्ट भेटिएको बारे जानकारी नभएको बताएको छ ।

डब्ल्युएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत भनेको छ,“नेपालमा सार्स कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन ।”

बेलायती सञ्चार माध्यम डेलीमेलले नेपालमा नयाँ भेरियन्ट भएको दाबी गरेको थियो । तर, डब्ल्युएचओले त्यसको खण्डन गरेको छ । हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । उक्त भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।

Share This:
सम्बन्धित खबर
Loading...