आइसोलेसनको झ्यालबाट हाम फाल्दा संक्रमितको ज्यान गयो

193

काठमाडौं । सिन्धुपाल्चोकमा कोरोना संक्रमितले आइसोलेसन रहेको भवनको झ्यालबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ ।

बलेफस् गाउँपालिका–६ मांखा ५३ वर्षीय ५३ वर्षीय रत्न बहादुर तामाङको जुगल गाउँपालिका रहेको रत्न राज्य माविमा रहेको आइसोलेसनको तेस्रो तलाबाट हाम फाल्दा मृत्यु भएको हो ।

जुगल गाउँपालिकाले गएराति १ः१५ मा आइसोलेसन रहेको भवनको तेस्रो तलाबाट हाम फालेर घाइते भएका उनको उपचार गर्न अस्पताल लादालादै मृत्यु भएको जनाएको छ ।

जुगल गाउँपालिकाले गरेको विज्ञप्तिमा तामाङले आत्महत्याको प्रयास गरेको उल्लेख छ । तर, उनका आफन्तले भने उनी घर आउन चाहेको र आउन नदिएपछि घर आउनका लागि राति फाल हानेर भाग्न खोजेको बताएका छन् ।

उनलाई कोरोना संक्रमण भएपछि जेठ १७ गते उक्त आइसोलेसनमा उपचारका लागि लगिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...