निर्वाचन आयोगले जसपाका अध्यक्षद्वय ठाकुर र यादवलाई पठायो पत्र

488

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र पठाएको छ । मंगलबार दुवै अध्यक्षले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको भन्दै आफ्नो दलको दर्ता किताबबाट विवरण हटाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए ।

उपेन्द्र यादव पक्षको सोमबार बसेको कार्यकारिणी समितिमको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्र शुक्लालाई निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय मंगलबार मात्रै आयोगलाई जानकारी गराएको थियो ।

ठाकुर पक्षले भने यादव समूहको निर्णय सार्वजनिक भएपछि बुधबार यादवलाई निष्कासन गर्ने निर्णय गरेका थिए । ठाकुर पक्षले पनि बुधबारै आयोगलाई पत्र पठाएको थियो ।

आयोगले दुवै पक्षले पठाएको पत्र नियमावलीको अनुसूचीको ढाँचामा नभएकाले पुनः पत्र लेख्न भनेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

“अहिले दुवै पक्षलाई अनुसूचीको ढाँचामा विवरण पेस गर्न लेखेर पठाएको छौँ,” प्रवक्ता श्रेष्ठले भने,“ठाकुरलाई भने केन्द्र्रीय समिति सदस्यको हस्ताक्षरसहितको निर्णयको प्रतिलिपी पनि पठाउनु भनिएको छ ।”

यादवले पठाएको पत्रमा केन्द्रीय समिति सदस्यको हस्ताक्षर पनि समावेश गरिएको श्रेष्ठले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...