संक्रमणदर घट्दै : थप ५,३१६ जनामा कोरोना पुष्टि, ७,२१९ संक्रमणमुक्त

काेराेना अपडेट

232

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ५ हजार ३ सय १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ४ हजार ५ सय २४ आरटी पिसिआर र ७ सय ९२ एन्टिजेनबाट गरी ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७१ हजार ९ सय ३ पुगेको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ४ सय ४६ जना र भेन्टिलेटरमा ३ सय ८५ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार बुधबार देशभरबाट ७ हजार २ सय १८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ७ हजार २ सय १८ जनासँगै देशभर कोरोना जित्नेको संख्या ४ लाख ६१ हजार ५ सय ६२ जना पुगेको छ । निको हुने दर ८०.८ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १ सय १ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५५ सय पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...