एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दै, हालसम्म भएको एकता पहलबारे छलफल हुने

190

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताका लागि अहिलेसम्म भएका पहलबारे छलफल हुने बताइएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल उपाध्यक्ष भीम रावललगायतका केही नेताबाहेक दोस्रो पुस्ताका नेपाल पक्षीय नेताहरुसँगको निरन्तर संवाद चलिरहेको सन्दर्भमा एमालेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमानसमेत नेताहरुको छ ।

मंगलबारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने र अर्को पक्षले अनुशासनहीन गतिविधि जारी राखे पनि एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय लिएको थियो ।

एकताकै लागि वातावरण बनाउन शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्ष गर्ने १२ सांसदमाथिको कारबाहीसमेत रोकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...