नेपालमा फैलिएको दुईवटा कोभिड–१९ भेरियन्टको नाम ‘डेल्टा’ र ‘कप्पा’

225

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नेपालमा फैलिएको कोभिड–१९को नयाँ भेरियन्टलाई ‘डेल्टा’ र ‘अल्फा’ नाम दिएको छ ।

डब्ल्युएचओले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको हो ।

डब्ल्युएचओले ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’ दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, बेलायतमा पाइएको भेरियन्टलाई ‘अल्फा’ र भारतमा भेटिएको भेरियन्टलाई ‘डेल्टा’ नाम दिएको हो । भारतमै भेटिएको अर्को भेरियन्टलाई ‘कप्पा’ नाम दिइएको छ । विश्व स्वास्थ्य संगठनले विभिन्न मुलुकमा भेटिएका कोरोनाको नयाँ भेरियन्टहरुको नाम बोलीचालीका लागि सहज बनाउन ग्रीक शब्दबाट नामाङ्कन गरेको जनाएको छ ।

पछिल्लो समय भियतनाममा देखिएको हाइब्रिड भेरियन्टबारे भने अनुसन्धान भइरहेको डब्ल्युएचओले जनाएको छ ।

भारतमै फेला परेका भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ । त्यसैले नेपालमा फेला परेको यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भनिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...