उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञाबारे छलफल

273

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाबारे समीक्षा तथा आगामी कदमबारे छलफल गर्न काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दै छ ।

मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञाबारे पुनःविचार गर्ने काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उपत्यकामा जेठ १४ गतेदेखि २० गतेसम्मलाई निषेधाज्ञालाई थप कडा पारिएको थियो । सो समयमा किराना पसलसमेत बन्द रहेको छ । २० गतेपछि निषेधाज्ञालाई कसरी अगााडि बढाउने भन्ने सम्बन्धमा बैठक बस्न लागेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...