‘कालो कोट’मा होइन ‘कालो सोच’मा समस्या छ : विश्वप्रकाश शर्मा

408

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुने बताएका छन् ।

शर्माले सामाजिक सञ्जालमार्फत् त्यस्तो बनाएका हुन् । उनले प्रधानमन्त्रीलाई ‘कालो कोट’मा होइन ‘कालो सोच’मा समस्या छ, भनेका छन् ।

उनले व्यक्तिको पहिचान अभिव्यक्तिमा हुने भन्दै देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोक्न प्रधानमन्त्रीलाई आग्रहसमेत गरेका छन् ।

“अरु बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चै दिब्यज्ञान ?,” शर्माले भने, “सम्माननीय प्रधानमन्त्री, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब !”

सोमबार युवा संघको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन व्यवसायी र पूर्वन्यायाधीशहरुको चर्को आलोचना गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...