माधवको तुलना बादल र बादलको तुलना खिमलालसँग हुनै सक्दैन : पोखरेल

739

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको तुलना गृहमन्त्री समेत रहेका राम बहादुर थापा‘बादल’सँग हुन नसक्ने बताएका छन् ।

यस्तै बादलको तुलना डा. खिमलाल देवकोटासँग हुनै नसक्ने उनको भनाइ छ । पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादल र खिमलालबीच भिडन्त हुन लागेको सन्दर्भमा पोखरेलले यस्तो बताएका हुनु ।

“जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौँ,” पोखरेलले फेसबुकमा लेखेका छन्, “त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्तैन । मनन गरौँ।”

शुक्रबार बादलविरुद्ध एमालेकै खनाल–नेपाल समूहका डा. देवकोटाले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहको गठबन्धनबाट उम्मेदवारी दिएपछि एमाले ओली समूहका नेता समेत रहेका पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...