बलिउड अभिनेत्री कंगना रनौटलाई कोरोना संक्रमण

490

एजेन्सी । भारतको बलिउडकी चर्चित नायिका कंगना रनौट कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् ।

उनले कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी साझा गर्दै उक्त भाइरसको प्रकोप सामान्य फ्लु रहेको र छिट्टै आफूले परास्त गर्ने बताएकी हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा शनिबार बिहान उनले आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी साझा गरेकी हुन् ।

केही असहज महसुस भएपछि आफूले परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको रनौटलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणले उल्लेख गरेको छ । उनले इस्टाग्राममा लेखेकी छन्, “म हिमाञ्चल प्रस्थान गर्न लागेको थिएँ, प्रस्थानअघि हिजो परीक्षण गराउँदा आज पोजेटिभ रिपोर्ट आएको छ ।”

 

Share This:
सम्बन्धित खबर
Loading...