कांग्रेस–माओवादीलाई बाँस्कोटाको प्रश्न– रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उम्मेदवार बोकेर के को चटक ?

663

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभा उपनिर्वाचनमा एमालेविरुद्ध बनेको गठबन्धनलाई आउने चुनावको युद्ध अभ्यासको संज्ञा दिएका छन् ।

बाँस्कोटाले नेपाली कांग्रेसको चुनाव चिन्ह रुख र नेकपा (माओवादी केन्द्र)का गोलाकारभित्रको हँसिया हथौडा बेपत्ता भएको भन्दै बहुदलीय लोकतन्त्रमा दिर्दलीय महा गठबन्धन बनेको टिप्पणी गरेका छन् ।

“बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उम्मेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ ?,” बाँस्कोटा लेख्छन्, “एक एमालेविरुद्ध चार निर्दलीय महागठबन्धन हाहाहा ! शायद आउने चुनाबको युद्धअभ्यास होला।”

Share This:
सम्बन्धित खबर
Loading...