एमाले एकताको प्रयास : बालुवाटारमा माधव पक्षीय चार नेता छलफलमा

625

काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन यतिबेला पार्टीका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो तहका नेताहरुबीच अहिले छलफल भइरहेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै दुवै पक्षका नेताहरुबीच सहमतिका लागि छलफल भइरहेको हो ।

माधव नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई दिउँसैदेखि बालुवाटारमा छन् । अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु छलफलमा रहेको स्रोतको भनाइ छ ।

यस्तै स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेता पनि एमाले एकता कायम गर्ने छलफलहरूमा रहेका छन् ।

वार्तामा सहभागी एक नेताका अनुसार पार्टी एकता प्रयास जारी रहे पनि बुँदागतरुपमा टुगो भने लाग्न बाँकी रहेको छ ।

नेताहरुबीच एकताको प्रयास भइरहेका बेला उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल भने राष्ट्रपति भेट्न अहिले शीतल निवास पुगेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...