नक्कली रेम्डेसिभिर इन्जेक्सन बिक्री गर्ने दुई जना पक्राउ

395

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल अगाडिबाट नक्कली रेम्डेसिभिर इन्जेक्सन बिक्री गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

गम्भीर प्रकृतिको इन्जेक्सन नै नक्कली बनाएर बिक्री गरेको सूचना आएपछि मोरङ प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

कोरोना महामारीको समयमा धेरै कमाउने उद्देश्यले उनीहरुले स्टासेफ नामको इन्जेक्सनमा रेम्डेसिभिरको स्टिकर टाँसेर महँगो मूल्यमा बिक्री गर्दै आएको खुलासा भएको छ । स्टासेफ ज्वरोमा प्रयोग गरिने इन्जेक्सन हो, जसको मूल्य ९० रुपैयाँ मात्र पर्दछ ।

तर, उनीहरुले रेम्डेसिभिरको स्टिकर टाँसेर ७ हजारदेखि २५ हजार रुपैयाँसम्म बिक्री गर्दै आएको भेटिएको छ । नक्कली इन्जेक्सन बेच्ने गिरोहका दुई जना सोनु आलम र सरवण यादवलाई नोबेल अगाडिको साथी फार्मेसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

आलम आफैँ फार्मेसी सञ्चालक हुन्, भने यादव सोही फार्मेसीमा काम गर्ने गर्छन् । उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...