२४ घन्टामा ९,१९६ जनामा संक्रमण पुष्टि, २,९०५ कोरोनामुक्त

काराेना अपडेट

604

काठमाडौं । नेपालमा ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् भने ५० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १९ हजार ९ सय ८७ आरटी पिसिआर र ४ सय ९५ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर विधिबाट ९ हजार २३ र एन्टिजेन विधिबाट १ सय ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अद्यावधिक विवरणमा जनाएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । यीमध्ये ७८ हजार ६ सय २९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा ३ हजार ८९, ललितपुरमा ६ सय ४३ र भक्तपुरमा ३ सय ७४ जना गरी उपत्यकामा ४ हजार १ सय ६ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय २८ जना र भेन्टिलेटरमा २ सय ३१ जना उपचाररत छन् ।

शुक्रबार देशभर २ हजार ९ सय ५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका २ हजार ९ सय ५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ९५ हजार ३ सय ९५ जना पुगेको छ । निको हुने दर ७८.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५० जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...