कोरोना संक्रमणबाट नेपालगञ्जमा तीन दाजुभाइको मृत्यु

369

नेपालगञ्ज । कोरोना संक्रमणबाट नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको मृत्यु भएको छ । मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एक–एक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज बिहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । सात दाजुभाइमध्ये जहीर कान्छा, एजाज राइलो र इम्तियाज काइलो हुन् ।

उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीबार र इम्तियाजको आज मृत्यु भएको हो ।

बिहीबार रातिमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारकाक्रममा मृत्यु भएको थियो । हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ६९ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...