प्रधानमन्त्री ओलीको पिसिआर परीक्षण

513

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १ सय जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो ।

वैशाख २७ गते हुने विशेष अधिवेशनका लागि संसद सचिवालयले संसदका पदाधिकारी, सांसद, सचिवालयका कर्मचारी र स्वकीय सचिवहरुको पिसिआर परीक्षण गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...