उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ५२९ सवारी कारबाहीमा 

467

काठमाडौं । शुक्रबार बिहान निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ५ सय २९ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ ।

 जसमध्ये ४  सय २२ वटा दुई पाङग्रे, ८० वटा चार पाङग्रे र २७ वटा ठूला सवारी साधन रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

निषेधाज्ञामा थप कडाई गरेपनि सडकमा सवारी साधानको संख्यामा भने कमी आउन सकेको छैन । अत्यावश्यकबाहेक विवाह लगायत सार्वजनिक सेवाका गाडीहरु सञ्चालन भइरहेका छन् ।

यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो ।

आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ । नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...