राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गृहमन्त्री बादल र देवकोटाले गरे उम्मेदवारी दर्ता

442

काठमाडौं । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि गृहमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य राम बहादुर थापा‘बादल’ र डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेका उम्मेदवार बादलको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र समर्थक सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छिन् ।

यस्तै, देवकोटाको प्रस्तावकमा माओवादी केन्द्र र समर्थक नेपाली कांग्रेस छ । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मरकट्टेल प्रस्तावक र समर्थक कांग्रेसकी राधा घले छन् ।

निर्वाचन अधिकृत कार्यालय हेटौंडा पुगेर गृहमन्त्री बादल र देवकोटाले शुक्रबार उम्मेदवारी दर्ता गरेका हुन् ।

२०७४ को चुनवमा बादल माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेकपामा विवाद भएपछि बादल प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका थिए । सर्वोच्चको फैसलापछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि एमालेमा लागेका बादललाई माओवादीले कारबाही गरेको थियो ।

बादलविरुद्ध एमालेकै माधव कुमार नेपाल पक्षका डा.देवकोटा कांग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनेका छन् ।

एमालेका मत विभाजित हुँदा अन्य दलसहित मिलेकाले बादलभन्दा देवकोटा बलियो देखिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...