गृहमन्त्री बादललाई नै उम्मेरदवार बनाउने एमालेको निर्णय

473

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाएको छ ।

एमाले स्थायी कमिटीको अनौपचारिक बैठक शुक्रबार बिहान बालुवाटारमा बसेको थियो । बैठकले बादललाई नै आउदो राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

“उपनिर्वाचनमा बादललाई नै उम्मेदवार बनाउने निर्णय भएको छ । कारबाहीबारे कुनै निर्णय भएन,” नेम्वाङले भने ।

स्थायी कमिटीको अनौपचारिक बैठकपछि गृहमन्त्री थापा उम्मेदवारी मनोनयनका लागि बागमती प्रदेशको राजधानी हेटौंडातर्फ लागेका छन् ।

विपक्षी गठबन्धनले संघीयताविद् डा. खिमलाल देवकोटालाई उम्मेदवा बनाउने निर्णय गरेपछि उम्मेदवा बन्न बादल हच्चिएका थिए । देवकोटा नेपालनिकट हुन् । उनी बागमती प्रदेश योजना आयोगका उपाध्यक्षसमेत भइसकेका व्यक्तित्व हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...