प्रदेश एकमा थपिए ७९१ संक्रमित

428

काठमाडौं । प्रदेश नम्बर १ मा बिहीबार ७ सय ९१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

१ हजार ७ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ३० महिला र ४ सय ६१ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहीबार पहिचान भएका संक्रमितहरुमा मोरङका ३ सय ३७, झापाका १ सय ७८, सुनसरीका १ सय ४५,  ताप्लेजुङका ४९, सङ्खुवासभाका १४, इलामका ११, उदयपुरका ८, तेह्रथुमका ५, धनकुटा र पाँचथरका २–२, भोजपुरका १ र प्रदेश बाहिरका ३९ जना रहेको मन्त्रालयको तथ्याङ्क उल्लेख छ ।

यससँगै हालसम्म प्रदेश १ मा ३५ हजार ९ सय २० जनामा कोरोना पुष्टि भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...