लुकाइएका अक्सिजन सिलिन्डर खोज्ने र न्यायोचित वितरणबारे छलफल
मन्त्रिपरिषद् बैठक
काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठक कोभिड–१९ को विषयमा केन्द्रित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अक्सिजन आपूर्तिलाई व्यवस्थित गर्नेबारे छलफल भएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीले जानकारी दिए ।
“आजको बैठक मूलतः कोभिड रोकथाम, नियन्त्रणमै केन्द्रित रह्यो । खासगरी अक्सिजन आपूर्तिलाई कसरी सहज, व्यवस्थित बनाउने भन्नेबारे छलफल भयो । लुकाइएको सिलिन्डर खोजी गर्ने, त्यसको न्यायोचित वितरण गर्नेबारे छलफल भयो,” उनले भने ।
आजको बैठकले नचलेको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउनेबारे पनि छलफल गरेको उनको भनाइ थियो ।