रेम्डिसिभिर कालोबजारीमा संलग्न एक जना पक्राउ

793

काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डिसिभिरको कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

गोरखाको आरुघाट घर भएका २५ वर्षीय रफिक मियालाई बिहीबार काठमाडौंको बसुन्धराबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुबेर खापुङका अनुसार उनले ३० हजार रुपैयाँ पर्ने एक सेट रेम्डिसिभिरलाई १ लाख २० हजार रुपैयाँ बिक्री गर्न लागेका थिए ।

प्रहरीले उक्त सूचना थाहा पाएपछि ग्राहक बनेर गई रफिकलाई पक्राउ गरेको प्रमुख खापुङले जानकारी दिए ।

रफिकले महाराजगञ्जमा दीपक ढकालले सञ्चालन गरेको सेवक फर्माबाट ती रेम्डिसिभिर किनेर बेच्ने गरेका थिए ।

यस विषयमा थप अनुसन्धान भइरहेको महाशाखाले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...