प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

574

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

एक मन्त्रीका अनुसार, बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।

मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...