चाँगुनारायण अस्पतालका सबै डाक्टरले दिए राजीनामा

498

भक्तपुर । कोरोना महामारीको दोस्रो लहरसँगै जनजीवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डाक्टरहरुले राजीनामा दिएका छन् ।

चाँगुनारायण नगरपालिकाले सञ्चालन गर्दै आएको नगर अस्पतालका तीनै जना डक्टरले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए ।

नगर अस्पताल सञ्चालनका लागि सञ्जित कुमार दास, सुलभ केसी र जिवेश बास्तोलालाई करारमा नियुक्ति दिएको थियो ।

नगर अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरेपछि डाक्टरहरुले डराएर राजीनामा दिएको अधिकारीको भनाइ छ । अस्पताल प्रशासनले नेपाल सरकारले तोकेको सेवा सुविधा नगरपालिकाले दिन्छु भनेको तर, डाक्टरहरुले थप सेवा सुविधा माग गर्दै आएका थिए । त्यसैमा सहमति हुन नसक्दा राजीनामा दिएका हुन् । राजीनामा दिएका मेसु डा. दासले आफ्नो आत्मसम्मान नहुँदा राजीनामा दिन बाध्य भएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...