कैलालीका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

323

कैलाली । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आरटी पिसिआर परीक्षण गर्दा रिजाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

रुघाखोकीको लक्षण देखा परेपछि स्वाब परीक्षणका लागि दिएको र बुधबार पिसिआर रिपोर्टको नतिजा पोजेटिभ आएको उनले बताए । संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा रहेका छन् ।

कैलालीमा कोरोनाको दोस्रो लहर सुरु भएपछि  संक्रमण तीव्र गतिमा फैलिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या २ हजार नाघेको छ । पिसिआर विधिबाट १ हजार ४६८ र एन्टिजेन विधिबाट ६ सय ८६ गरी जम्मा २ हजार ९१ सक्रिय संक्रमित छन् ।

Share This:
सम्बन्धित खबर
Loading...