मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

716

काठमाडौं । कोरोना भाइरस संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठलाई श्वासप्रश्वासमा समस्य भएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।

अक्सिजन लेभलमा कमी आएपछि बुधबार अपरान्ह उनलाई नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छोरा यमन श्रेष्ठले जानकारी दिए ।

आइतबार केही सहज भएपछि अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठलाई पुनः आज अस्पताल लगिएको हो । अक्सिजन लेभल ८५मा झरेपछि अस्पताल लैजानुपरेको छोरा यमनले बताए ।

मदनकृष्णका छोरा यमन, बुहारी रिंकु र छोरी सरानाको स्वास्थ्य सामान्य भएपनि पूर्णरुपमा निको भइसकेका छैनन् ।

Share This:
सम्बन्धित खबर
Loading...