२४ घन्टामा ५८ जना संक्रमितको मृत्यु

685

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट नेपालमा ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ५८ जना संक्रमितको मृत्यु भएको हो ।

योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशभर २० हजार ७ सय ५७ आरटी पिसिआर र ६ सय १६ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय ६४ पुगेको छ । यीमध्ये ६६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

बुधबार देशभर १ हजार ९ सय ९३ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका १ हजार ९ सय ९३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८९ हजार ७ सय ८३ जना पुगेको छ । निको हुने दर ८.६ प्रतिशत रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...