लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए पदबाट राजीनामा

429

काठमाडौं । नेकपा (एमाले)का प्रदेशसभा सदस्य अमर बहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् ।

दाङको निर्वाचन क्षेत्र नम्बर २(ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेर माओवादी केन्द्रको पक्षमा उभिएको भन्दै मंगलबार समाचार सार्वजनिक भएको थियो ।

बुधबार प्रदेशसभा सचिवालयमा आएर उनले राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ । उनले संविधानको धार १८० को ‘क’ अनुसार राजीनामा दिएका हुन् ।

घोराही उपमहानगरपालिकाका पूर्वमेयर समेत रहेका डाँगी यसअघि एमालेभित्र माधव कुमार नेपाल पक्षका मानिन्थे ।

Share This:
सम्बन्धित खबर
Loading...