रेम्डिसिभिर कुन अस्पतालले कति पाए ? [सूचीसहित]

257

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर औषधिको ३ हजार भाइल काठमाडौंमा मंगलबार आइपुगेको छ ।

हाम्रो मेडी कन्सर्न प्रालिले बेक्सिम्को फर्मास्युटिकल्स बंगलादेशबाट उत्पादित ३ हजार भाइल रेम्डिसिभिर आयात गरेको औषधि व्यवस्था विभागले जनाएको छ ।

कोभिडका सबै खालका बिरामीका लागि रेम्डिसिभिर आवश्यक नपर्ने भएकाले चिकित्सकहरुको उपचार प्रोटोकल अनुसार मात्र सिफारिस गर्न विभागले अनुरोध गरेको छ ।

मंगलबार भित्रिएको औषधि देशभरका ५० वटा अस्पतालहरुमा वितरण गरिएको छ । जसमध्ये अधिकांश काठमाडौं केन्द्रित अस्पतालमा वितरण गरिएको छ । रेम्डिसिभिर औषधि आगामी दिनमा तोकिएका सबै कोभिड अस्पतालहरुमा क्रमशः उपलब्ध गराउँदै जाने विभागले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महराजगञ्ज १ सय ३५, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपाल पुलिस हस्पिटल र ह्याम्स अस्पताल १०८–१०८, ग्रान्डी अस्पताल, चिरायु नेसनल हस्पिटल, नर्भिक अस्पताल, काठमाडौं मेडिकल कलेज, निदान अस्पताल, ओम अस्पताल, मेडिकेयर अस्पताल, ग्रिनसिटी अस्पताल, निदान अस्पताल र बिएन्डबी ५४–५४ रेम्डिसिभिर प्राप्त गरेका छन् ।

यस्तै, , केडिसी, हेल्पिङ ह्यान्स सामुदायिक हस्पिटल, र भक्तपुर अस्पताल २७–२७, मनमोहन मेमोरियल अस्पताल २४, मध्यपुर अस्पताल, बयोधा अस्पताल, खांग्री अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले १२–१२ भाइल प्राप्त गरेको विभागले जनाएको छ ।

यस्तै, नेपाल आर्मी हस्पिटल, नेपाल शसस्त्र प्रहरी अस्पताल ५४, सुमेरु सिटी हस्पिटल १८, मेडिप्लस १२, कोरियन मैत्री हस्पिटल १२, शिर मेमोरियल १२, वीर अस्पताल ५४, मेडिसिटी हस्पिटल १०८, नेपाल मेडिकल कलेज १२, पाटन हस्पिटल ५४, स्टार हस्पिटल १२, मेघा हस्पिटल २७, सिभिल सर्भिस हस्पिटल १०८, नेपाल नेशनल हस्पिटल ५४, नारायनी उपक्षेत्रीय हस्पिटलले ५४ भाइल प्राप्त गरेका छन्।

भरतपुर अस्तपाल १८, फिस्टेल हस्पिटल पोखरा २७, कीर्तिपुर हस्पिटल २७, दीर्घायु गुरु हस्पिटल २७, काठमाडौं मोडेल हस्पिटल २७, लुम्बिनी प्रादेशिक अस्पताल १०८, युसिएमएस ५४, राप्ती उपक्षेत्रीय अस्पताल ५४, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर १०८, स्वास्थ्य सेवा विभाग १०८, सिविक हस्पिटल २७, शहीद मेमोरियल हस्पिटल २७, विपी स्मृति हस्पिटलले २७ र नेपाल भारतमैत्री हस्पिटललाई २७ भाइल वितरण गरिएको छ । २०० भाइल सिधै बिरामीलाई उपलब्ध गराइएको विभागले जनाएको छ।

REMDESIVIR औषधि वितरण एंव प्रयोग सम्बन्धि अत्यन्त जरुरी सूचना

रेम्डिसिभिर विवरण
Share This:
सम्बन्धित खबर
Loading...