माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाउँदै

629

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद् सचिवालयमा आज बुझाउने भएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले १२ बजे सचिवालयमा गएर समर्थनको पत्र दर्ता गर्न लागेको जानकारी दिए ।

मंगलबार काठमाडौंमा उपलब्ध स्थाथी सतिति सदस्यहरुको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारे पत्र बुधबार दर्ता गर्ने निर्णय गरेको जानकारी दिए ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

सरकारले भने माओवादी केन्द्रले समर्थन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । वैशाख २७ मा विश्वासको मतका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...