रुपन्देही । पुनःनियुक्तिपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख धर्मराज यादवले मंगलबार मन्त्रिपरिषद्मा ३ जना नियुक्ति गरेको र केही जिम्मेवारी हेरफेर गरेका हुन् ।
थपिएकाहरुमा चेतनारायण आचार्य आन्तरिक मामिला तथा कानुनमन्त्री, भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंख्यामन्त्री, धर्म बहादुर लाल श्रीवास्तव शिक्षा तथा सामाजिक विकासमन्त्री बनेका छन् ।