गण्डकी प्रदेशमा थपिए ४२९ जना कोरोना संक्रमित [सूचीसहित]

425

काठमाडौं । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा ४२९ जना कोरोना संक्रमित फेला परेको छ ।

प्रदेश स्वास्थ्य निर्देशानालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार आज कास्कीका मात्रै ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकीका अन्य जिल्लाहरु पूर्वी नवलपरासीमा ५१, बाग्लुङमा ३३, तनहुँकम १६, लमजुङका ८, स्याङ्गजाका ५, मुस्ताङका ४ तथापर्वत र म्याग्दीमा १–१ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ।

आज थपिएका ४ सय २९ जनासँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ८ सय ५३ पुगेको छ । जसमध्ये २ हजार ५ सय ४६ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीमा थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ ।

Corona Update 21

Share This:
सम्बन्धित खबर
Loading...