२४ घन्टामा कोरोनाबाट ५५ जनाको मृत्यु, थपिए ७ हजार ६६० संक्रमित

काेराेना अपडेट

659

काठमाडौं । नेपालमा ७ हजार ६ सय ६० जना कोरोना संक्रमित थपिएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १६ हजार १ सय ३१ आरटी पिसिआर र ५ सय ७१ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएका हो । पिसिआर विधिबाट ७ हजार ५ सय ८७ र एन्टिजेन विधिबाट ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जम्मा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । यीमध्ये ५९ हजार ७ सय ९८ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ हजार ७ सय ७९, ललितपुरमा ६ सय १ र भक्तपुरमा ५ सय १३ जना गरी उपत्यकामा ३ हजार ८ सय ९३ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय १६ जना र भेन्टिलेटरमा १ सय ७९ जना उपचाररत छन् ।

मंगलबार देशभर १ हजार ७ सय ७५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका १ हजार ७ सय ७५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८७ हजार ७ सय ९० जना पुगेको छ । निको हुने दर ८२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५५ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...