रेम्डेसिभिर औषधि बढी मूल्यमा बेचेमा कारबाही [विज्ञप्तिसहित]

509

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड–१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डेसिभिर बढी मूल्यमा बेचेका पाइएमा कारबाही गर्ने भएको छ ।

विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारबाही गरिने जानकारी दिए ।

उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डेसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारबाही गरिने बताए ।

विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न–नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरिद नगर्न सबैमा आग्रहसमेत गरेको छ ।

अहिले सङ्क्रमण बढिरहेका अवस्थामा रेम्डेसिभिरलाई बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । रेम्डिसिभिरको एक मात्राका लागि करिब रु पाँच हजार पर्छ ।

Share This:
सम्बन्धित खबर
Loading...