अधिकारविहीन खुला जेलबाट पदमुक्त भएँ : अमिक शेरचन

479

काठमाडौं । गण्डकी प्रदेशको प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् ।

सोमबार पदमुक्त भएका शेरचनले मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै अधिकारविहीन खुला जेलबाट पदमुक्त गरेकोमा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिएका हुन् ।

“पदमुक्त भएकोमा अत्यन्त खुसी छ । मुरी–मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई,” उनले भने, “अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनु भएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।”

शेरचनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रस्ताव अस्वीकार गरेको तर, पार्टीको निर्णय मान्न बाध्य भएको बताएका छन् ।

“पहिला ओलीजी र पुनः प्रचण्डजीमार्फत् ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो,” उनले भने ।

शेरचनले कार्यकालको बीचमा पनि आफूले राजीनामा दिने पटक–पटक प्रयास गरे पनि प्रचण्डले रोकेकाले आफू पदमै बसेको बताए । “राजीनामा दिन तयार थिएँ, पहिले नै प्रचण्डले रोकेकाले बसे,” उनले भने ।

शेरचनले आफूले पदका लागि राजनीति नगरेको भन्दै विभिन्न समयमा आएका लाभका पदहरु अश्वीकार गर्दै आएको जनाएका छन् । “पद र सत्ताका लागि असंवैधानिक पद्धति र अपाच्य दृष्य थोपार्न पद जोगाउने व्यक्ति म होइन,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...