कोरोना संक्रमणबाट धनगढीमा ४ जनाको मृत्यु

328

कैलाली । कोरोना संक्रमणबाट मंगलबार बिहान धनगढीमा ४ जनाको मृत्यु भएको छ ।

बर्दिया, कञ्चनपुर, बझाङ र कैलालीका कोरोना संक्रमित उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार धनगढी–७ की ७७ वर्षीया महिला, बझाङका २६ वर्षीय पुरुष, कञ्चनपुरका ७१ वर्षीय पुरुष र बर्दियाका ३० वर्षीय पुरुषको धनगढीमा उपचारका क्रममा मृत्य भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...