नेपाल सुपर लिग : चितवनलाई पराजित गर्दै विराटनगर शीर्ष स्थानमा

510

काठमाडौं । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा दोस्रो जित निकालेको छ ।

सोमबार भएको खेलमा एफसी चितवनलाई २–० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन पेड्रो जाभियर माञ्जी र सन्तोष तामाङले एक–एक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७३औँ मिनेटमा पेड्रो माञ्जीले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए । सुनिल बलको फ्रिकिकमा डिबक्स भित्र रहेका पेड्रोले उत्कृष्ट गोल गरे ।

त्यसपछि खेलको ८९औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै विराटनगरलाई २–० को जित दिलाए । फ्रिकिकमा आएको बल चितवनका डिफेन्डर रुड्डी जोनाथनले क्लियर गरेपछि प्राप्त बलमा सन्तोषले २० यार्डबाट उत्कृष्ट गोल गरे ।

जितसँगै विराटनगर लिगको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले ४ खेलमा ७ अंक जोडेको छ ।

चितवन ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । यस हारको चितवनको प्ले अफ खेल्ने सम्भावना कमजोर बनेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...