गण्डकीमा थपिए २०३ जना कोरोना संक्रमित [विवरणसहित]

513

पोखरा । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा थप २०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका ७ सय ३८ जनामा गरिएको नमुना परीक्षणमा २ सय ३ जनाको रिपोर्ट कोरोना पुष्टि भएको हो ।

कास्कीका ३४० जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण देखिएको छ। योसँगै कास्कीमा कोरोना संक्रमितको संख्या १० हजार १ सय ३६ पुगेको छ।

यस्तै, बागलुङमा ७१, नवलपुरमा ३९, गोरखामा २१, स्याङ्गजामा १४, पर्वतकामा ५, मनाङमा ३, तनहुँ र लमजुङमा २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ।

गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ४ सय २४ पुगेको छ । यीमध्ये २ हजार १ सय ८३ जना सक्रिय संक्रमित अवस्थामा छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ६३ जना कोरोनामुक्त भएका छन् । योसँगै प्रदेशमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या १७ हजार ९ पुगेको छ । संक्रमणबाट गण्डकीमा अहिलेसम्म २ सय ३१ जनाले ज्यान गएको छ।

Corona Update_Gandaki
Share This:
सम्बन्धित खबर
Loading...