उपत्यकामा एकैदिन थपिए ३ हजार ६६६ संक्रमित

460

काठमाडौं । २४ घन्टाभित्र काठमाडौं उपत्यकामा ३ हजार ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा काठमाडौंमा २ हजार ९ सय २२, ललितपुरमा ५ सय २२ र भक्तपुरमा २ सय २२ जना संक्रमित भेटिएको हो ।

देशभरबाट ७ हजार ४ सय ४८ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ । यीमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ७८ जना र भेन्टिलेटरमा १ सय ४२ जना उपचाररत छन् ।

सोमबार देशभर २ हजार २१ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका २ हजार २१ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८६ हजार १५ जना पुगेको छ । निको हुने दर ८३.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३७ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...