२४ घन्टामा ७ हजार ४४८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो

602

काठमाडौं । नेपालमा ७ हजार ४ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर १६ हजार ६ सय ५८ आरटी पिसिआर र ५ सय १८ एन्टिजेन परीक्षण गरिएकोमा ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

पिसिआर विधिबाट ७ हजार ३ सय ८८ र एन्टिजेन विधिबाट ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जम्मा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ । यीमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ हजार ९ सय २२, ललितपुरमा ५ सय २२ र भक्तपुरमा २ सय २२ जना गरी उपत्यकामा ३ हजार ६ सय ६६ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ७८ जना र भेन्टिलेटरमा १ सय ४२ जना उपचाररत छन् ।

सोमबार देशभर २ हजार २१ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका २ हजार २१ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८६ हजार १५ जना पुगेको छ । निको हुने दर ८३.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३७ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...