सरकारी र निजी दुवै अस्पतालले शय्याको विवरण दैनिक स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने

365

काठमाडौं । अब सरकारी र निजी सबै अस्पतालले दैनिकरुपमा आफ्नो अस्पतालमा प्रयोग भएका र खाली रहेको शय्याको अद्यावधिक विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने छ । नपठाउने अस्पताललाई सरकारले कारबाही गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संवोधन गर्दै त्यसरी विवरणको अद्यावधिक विवरण नपठाउने अस्पताललाई सरकारले कारबाही गर्ने बताए ।

“सबै सरकारी र निजी अस्पतालले आफूसँग खाली भएका तथा प्रयोग भएका बेडको दैनिक अद्यावधिक गर्ने र त्यसको विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने छ,” प्रधानमन्त्री ओलीले भने,“नपठाउनेलाई कारबाही हुनेछ ।”

Share This:
सम्बन्धित खबर
Loading...