ओलीले खनाल–नेपाल समूहका थप ३ जनालाई सोधे स्पष्टीकरण

488

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल–माधव कुमार नेपाल समूहका थप ३ जना सांसद्हरुलाई स्पष्टीकरण सोधेका छन् ।

प्रधानमन्त्री ओलीका तर्फबाट केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले ३ सांसद्लाई स्पष्टीकरण सोधेका हुन् ।

सांसदहरुमा समिना हुसेन, कालिका खातुन र गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले बताए ।

उनीहरु तीनै जनालाई ४ दिनअघि स्पष्टीकरण सोधिएको र स्पष्टीकरणको जबाफ पनि आइसकेको उनले बताए । अहिले उनीहरुको जबाफ अध्ययन भइरहेको कार्यालय सचिव तामाङले बताए ।

स्पष्टीकरण सोधिएका तीनै जना सांसद्लाई पार्टी विधानसँगै अर्को पार्टीमा लाग्नु भएको हो ? भनेर प्रश्न गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...