काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।
दिउँसो २ बजे सभापति शेर बहादुर देउबा निवास बूढानिलकण्ठमा पदाधिकारीको बैठक बोलाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।