नेपाली कांग्रेसका प्रवक्ता शर्मालाई कोरोना संक्रमण

1,684

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आफूमा सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएको शर्माले सामाजिक सञ्‍जालमार्फत जानकारी दिएका छन् । ज्वरो आएपछि आइतबारपिसिआर परीक्षणका लागि स्वाब दिइएकोमा सोमबार रिपोर्ट पोजिटिभ आएको शर्माले उल्लेख गरे ।

डाक्टरसँग परामर्श गरेर होम आइसोलेसनमा बसिरहेको शर्माले बताए ।

उनले लेखेका छन्, “ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएँ, बिहानिपख रिपोर्ट आयो (पोजिटिभ) टेकुका डा. मित्र अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन सुरू गरेको छु, डेरामै आइसोलेसनमा छु, लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ, सबैलाई विनम्र आग्रह छ । सजग बनौं ।”

Share This:
सम्बन्धित खबर
Loading...