आइपिएल २०२१ः जोस बट्लरको शतकीय पारीमा राजस्थानको सहज जित

573

काठमाडौं । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्स ५५ रनले विजयी भएको छ । सनराइजर्स हैदरावादमाथिको जितसँगै राजस्थान तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

२ सय २१ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले ८ विकेट गुमाउँदै १ सय ६५ रन मात्र बनाउन सक्यो ।

हैदरावादका मनिष पाण्डेले ३१, जोनी बेइस्ट्रोले ३०, केन विलियम्सनले २०, केदार जाधवले १९, मोहम्मद नाबीले १७ र भुवनेश्वर कुमारले १४ रन बनाएपनि टोलीलाई हारबाट बचाउन सकेन ।

हैदरावादलाई कम स्कोरमा रोक्ने क्रममा राजस्थानका मुस्ताफिजुर रहमान र क्रिस मोरिसले समान ३–३ तथा कार्तिक त्यागी र राहुल तेवाटियाले एक–एक विकेट हात पारे ।

यसअघि, दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टर हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ सय २० रनको विशाल योगफल बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले शतकीय पारी खेले । ६४ बल खेल्दै बट्लरले ८ छक्का र १ज्ञ चौकाको मद्धतमा १ सय २४ रन बनाए । यसैगरी, सञ्जु सामसनले ४८, रियान परागले १५ तथा यजश्वी जैसवालले १२ रनको योगदान दिए ।

Share This:
सम्बन्धित खबर
Loading...